महँगा स्कुलका विद्यार्थी भाडाका थोत्रा बसमा

नयाँ पत्रिका शिक्षा फलोअप

छोराछोरी पाठशाला, रातो बंगला र सेन्ट मेरिजमा पढ्छन् भनेर बाबुआमाले आफ्नो प्रतिष्ठा बढाउँछन्, तर अबोध बालबालिका सिट च्यातिएका, काँटी निस्किएका र सिसा फुटेका भाडाका बसमा धुलो खाँदै घन्टौँ सकसपूर्ण यात्रा गर्छन्, थोत्रा र फोहोर बसको यात्राले शारीरिक असुविधा मात्र होइन, बालबालिकाको स्वास्थ्यमा जोखिम पनि बढाएको छ

राजधानीमा उत्कृष्ट दाबी गर्दै चर्को शुल्क असुल्ने निजी विद्यालयले विद्यार्थी ओसार्न भने भाडाका थोत्रा गाडी प्रयोग गर्ने गरेका छन् । तर, भाडाका पुराना गाडीमा दैनिक चार घन्टासम्म धुलो र जाममा घुमाउने तिनै केही विद्यालयले बालबालिकालाई बढी सुविधा दिएको भन्दै ‘क’ श्रेणीभन्दा माथिल्लोस्तरको शुल्क असुलेका छन् । 

विद्यालयले उपलब्ध गराएको सुविधाअनुसार सरकारले विद्यालयलाई ‘क’, ‘ख’ ‘ग’ र ‘घ’ चार स्तरमा वर्गीकरण गर्दै आएको छ । सरकारले शिक्षा नियमावलीअनुसार गर्ने वर्गीकरणका आधारमा विद्यालयले लिन पाउने शुल्क निर्धारण हुन्छ । विशिष्ट सुविधा दिएका विद्यालयले अभिभावकको भेलाबाट निर्णय गराई ‘क’ श्रेणीमा परेको विद्यालयले भन्दा अझै बढी शुल्क लिन पाउने व्यवस्था छ । 

प्रकाशित मिति: : 2020-03-12 03:49:37

प्रतिकृया दिनुहोस्