‘बागी–३’ : पाँच दिनकाे कमाइ ७६ करोड ९४ लाख

एजेन्सी

काठमाडाै‌ं

चलचित्र ‘बागी–३’ प्रदर्शनमा आएको पाँच दिन पूरा भएको छ। प्रदर्शनमा आएको पाँच दिनमा यस चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेको छ।

चलचित्रले ५ दिनमा ७६ करोड ९४ लाख कमाएको छ। रिलिजको पहिलो दिन शुक्रबार १७ करोड ५० लाखको व्यापार गरेको यो चलचित्रले शनिबार १६ करोड ३ लाख कमाएको थियो। आइतबार भने चलचित्रको व्यापार २० करोड ३० लाख पुगेको थियो। सोमबार ९ करोड ६ लाख कमाएको यो चलचित्रले मंगलबार १४ करोड ५ लाख कमाउन सफल रह्यो।

नायक टाइगर श्राफ अभिनित चलचित्रले समिक्षा कमजोर पाएपनि दर्शकको साथ भने सुखद पाइरहेको छ  कोरोना भाइरसको प्रभाव भारतमा देखिएपनि यसको व्यापारलाई ठूलो असर परेको छैन।

अहमद खानको निर्देशनमा बनेको  ‘बाघी–३’ भारतमा ४ हजार ४ सय र ओभरसिजमा १ हजार १ सय गरी विश्वभर ५ हजार ५ सय स्क्रिनमा एक साथ रिलिज भएको छ। 

चलचित्रमा चर्चित अभिनेता टाइगर श्रोफ, रितेश देशमुख र नायिका श्रद्धा कपूर रहेका छन्। चलचित्रमा टाइगरको उत्कृष्ट एक्सन अवतार रहेको छ। चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्नसक्ने बिश्लेषकहरुले बताएका छन्।

चलचित्रमा रितेश देशमुख र टाइगरलाई दाजुभाइको रुपमा प्रस्तुत गरिएको छ। कथा त्यसैको वरिपरी रहेको छ। चलिचित्रको निर्माण साजिद नाडियाडवालाले गरेका हुन्।

 

प्रकाशित मिति: : 2020-03-12 01:31:12

प्रतिकृया दिनुहोस्