कोरोनाको त्राससँगै पर्यटकीय केन्द्र ठमेल सुनसान

चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको नोभेल कोरोना भाइरसको महामरीले संसार त्रासमा छ।

चीनको छिमेकी मुलुक नेपाली बजार पनि कोरोनाको उच्च जोखिममा रहेका कारण त्रास व्याप्त छ।

सधैंभरि विदेशीले भरिभराउ हुने ठमेलका गल्लीहरु यतिबेला सुनसान प्रायः छन्। कोरोना भाइरसको आतंकसँगै बन्द भएको पर्यटक आवागमनका कारण ठमेलमा विदेशीको चहल पहल घटेको हो।

सधैंजसो भ्याई नभ्याई हुने ठमेलका व्यापारीहरू यतिबेला मोबाइलमा झुमेर दिन कटाउन बाध्य छन्।

पर्यटकहरूको आउजाउले गुल्जार हुने ठमेल अर्थात राजधानीको प्रमुख पर्यटकीय जमघट केन्द्र अहिले सुनसान छ।

स्वदेशी मात्रै होइन, विदेशी पर्यटकको भिडभाडले पनि ठमेलको रौनक बैग्लै देखिन्थ्यो। दिउँसो मात्रै होइन, रातिसमेत निकै चहलपहल हुने ठमेलमा विदेशी पर्यटक निकै कम संख्यामा देखिन्छन्।

ठमेल आसपासका होटल, रेस्टुरेन्ट, डान्स बार र क्लबमा पर्यटकको बाक्लो चहलपहल हुने स्थान सुनसान बनेको व्यवसायी बताउँछन्। मुस्किलले खुट्टा राख्न सक्ने ठमेलका गल्लीहरू यतिखेर सुनसान छन्।

भाइरसको त्रासले कम पर्यटक आएकाले ठमेलमा छोटो समय बिताउँदा होटल, रेस्टुरेन्टलगायत व्यवसायमा प्रत्यक्ष असर परेको होटल व्यवसायीहरूको भनाई छ।

होटल व्यवसायी मात्रै होइन अन्य व्यापारीहरुको पनि उस्तै अवस्था छ। पर्यटकको उपस्थिति पातलो भएसँगै व्यापारीहरू फुर्सदिला बनेका छन्।

ब्यापारीका अनुसार अहिले ठमेलको ब्यापार ८० प्रतिशतले गिरावट आएको छ।

एकाध विदेशी पर्यटकहरु अहिले पनि ठमेलका गल्लीमा भेटिन्छन्। चीनको वुहानबाट कोरोनाको संक्रमण अरु मुलुकमा प्रवेश गर्नुपूर्व नै नेपाल आएको बताउने ती विदेशीहरु पनि अब फर्किने तयारीमा रहेको सुनाउँछन्। त्यसबाहेक ठमेल समग्रमा भन्दा यतिबेला सुनसान छ।

पर्यटकलाई लक्षित गरेर ठमेलमा सञ्चालित टूर एण्ड ट्राभल एजेन्सीका कार्यालय पनि सुनसान देखिएका छन्। चीनमा कोरोना देखिएसँगै नेपाल घुम्न आउने पर्यटकको संख्या घटेको ट्राभल व्यवसायीको गुनासो छ।

केहि दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई उच्च जोखिमको सूचीमा राखेको छ। कोरानाकै कारण घुम्नका लागि नेपाल आउन अनलाइन बुकिङ गरेका पर्यटकहरुले बुकिङ रद्ध गरिरहेका छन्। सरकारले उत्साहका साथ २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर भ्रमण वर्ष– २०२० घोषणा गरेको थियो। तर, कोरोना संकटका कारण सरकारले भ्रमण वर्ष लक्षित सबै कार्यक्रम रद्ध गर्ने घोषणा गरिसकेको छ।

विहान ६ बजेदेखि रातको १२ बजेसम्म पुरै व्यस्त रहने फेमिली ट्रेकिङ सपकी सञ्चालिका ४० वर्षिया जानुका राई हिजो आज फुर्सदिली भएकी छन्। कोरोना भाइरसकै त्रासले पर्यटक नहुँदा पसल सुनसान भएको उनले बताइन्। ‘कोरोना भाइरसको त्रासले पर्यटनहरू नेपाल भित्रिएका छैनन्,  जसले गर्दा व्यापारमा नोक्सान भएको छ,’ उनले भनिन्।

पर्यटकलाई लक्षित गरेको खोलेको उनको पसलमा पर्यटकहरू नआएपछि ठप्प छ। ‘पहिले त दिनकै डेढ लाखसम्मको व्यापार हुन्थ्यो, ‘अहिले त व्यापारै छैन्।’

 ठमेल जस्तो ठाउँमा महगोँ कोठा भाडा तिर्नुपर्ने जानुकालाई अहिले  चिया पिउने खर्चसमेत निस्कन मुस्किल भएको बताउँछिन्।

पर्यटकलाई लक्षित गरेर ठमेलमा सञ्चालित टूर एण्ड ट्राभल एजेन्सीका कार्यालय पनि सुनसान देखिएका छन्। चीनमा कोरोना देखिएसँगै नेपाल घुम्न आउने पर्यटकको संख्या घटेको ट्राभल व्यवसायीको गुनासो छ।

‘कोरोना भाइरसका कारण मानिसहरु  त्रसित छन्। यस्तो बेला  कोही पनि घुम्न  चाहदैँनन्,’ ‘मेघा ट्राभल एण्ड एडभेन्चर’ मा कार्यरत विप्लप लामिछाने भन्छन्, ‘आजभोलि त कहिलेकाँही झुक्किएर मात्र एक दुई जना आउने हो,  नभएत व्यापार ठप्प नै छ।’

यस्तै मुख्य विदेशी पर्यटकलाई लक्षित गरेरै खोलिएका अधिकांश ह्याण्डिक्राफ्ट पसल सुनसान छन्।

‘पसलमा  आउने अधिकाशं ग्राहक विदेशी नै हुन्छन्। तर अहिले विदेशी एक जना पनि छिर्दैनन्। अनि कसरी बिक्री हुन्छ?’, मनाङ ह्यान्डीक्याफ्ट कलेक्शन सेन्टरका व्यापारी तेन्जीङ गुरुङले भने।

‘कोरोनाका कारण पर्यटनहरू घुम्न चाहदैँनन्। व्यापार पनि छैन्,’ भाइरसका त्रासले दुई वटा माक्स लगाएका गुरूङले भने, ‘कुनै व्यापार छैन अब कोठाको भाडा कसरी तिर्ने हो?।’

त्यस्तै २२ वषदेखि ‘डियाना ट्राभल एण्ड टुर्स/डियाना ट्रेकिङ’ चलाउँदै आएकी ७० वर्षिय दिव्या शाहीको पनि उस्तै व्यथा छ। ‘कोरोना भाइरसको हल्ला नचल्दा त व्यवसाय तेज नै थियो नि, तर अहिलेको अवस्था त्यो छैन्,’ उनले भनिन्।

टिकट बुकिङ गरेका अधिकांश पर्यटकले  रद्द गरेपछि आफ्नो व्यवसाय मात्र होइन समग्र ठमेलनै सुनसान छ।’

दिनमै लाखौँको व्यापार हुने ट्राफलमा नभएको पनि १० हजारसम्मको हुन्थ्यो तर, कोरोनाको त्रासले व्यापार शून्य भएको उनले तर्क गरिन्।

उनले यस्तो अवस्थामा कोठाभाडाको विषयमा सरकारले केही बोल्नुपर्ने बताइन्।

संख्यात्मक हिसाबले हेर्दा सन् २०१९ को दोस्रो महिनामा १ लाख २ हजार ४ सय २३ जना पर्यटक नेपाल आएका थिए। तर, फेब्रुअरी २०२० मा कूल १ लाख १ हजार ४ सय जना पर्यटक नेपाल आएका छन्।

जनवरी महिनामा पनि पर्यटक आगमन १ हजार ५८७ जनाले खस्किएको थियो। कोरोना भाइरसको संक्रमणले चीनसहितका देशहरु प्रभावित बनेपछि पर्यटक आगमन खस्किन पुगेको पर्यटन बोर्डले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-11 21:25:00

प्रतिकृया दिनुहोस्