सरकार भन्छ– ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएको छ।

सरकारले आपूर्ति व्यवस्था सहज बनाउन मंगलबार प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रसँग छलफल गर्दै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले  ६ महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको बताएका हुन्।

उनले भारतले केही औषधि आपूर्तिमा रोक लगाएपछि अत्यावश्यक आयातका लागि सहज बनाउन आग्रह गर्ने सहमति भएको समेत बताए। ‘अत्यावश्यक कस्तु आयातका लागि सहज बनाउन आग्रह गर्ने सहमति भएको छ। यदि औषधि नआएपनि ३/४ महिनालाई पुग्ने मौज्दात हामीसँग छ,’मन्त्री खतिवडाले भने। 

उद्योगीले चीनमा कोरोनाको संक्रमण कम हुँदै गएकाले अब जोखिमरहीत अवस्थामा रसुवागढी र तातोपानी नाकामा रोकिएका बस्तुहरुलाई ल्याउन दिन माग समेत गरेका छन्।

प्रकाशित मिति: : 2020-03-11 04:50:06

प्रतिकृया दिनुहोस्