काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमजेन्सी अपरेसन सेन्टरका अनुसार हावाहुरी प्रभावित बारा र पर्सा जिल्लामा हालसम्म ३१ जनाको मृत्यु भएको छ ।
हाल सेन्टर सञ्चालन गरिरहेका स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्रकुमार यादवका अनुसार प्रभावित क्षेत्रमा ३ वटा आकस्मिक चिकित्सा टोली पठाइएको उल्लेख गर्दै काठमाडौंको शिक्षण अस्पतालमा ११ जना घाइते ल्याइएकोमा २ जना को अवस्था चिन्ताजनक रहेको जनाकारी दिएका छन् । अन्य टोली समेत प्रभावित स्थलमा पठाउन तम्तयार अवस्थामा राखिएको छ ।
प्रकाशित मिति:
: 2019-04-01 12:24:44