आधुनिक बैङ्किङको पायोनियर ‘यस बैङ्क’ कसरी डुब्यो ?

काठमाडौँ । करिब ४ खर्बभन्दा बढी कर्जा नउठेपछि भारतको ‘यस बैङ्क’ समस्यामा परेको छ । भारतका बैङ्कहरुको नियमनकारी निकायको रूपमा रहेको रिजर्भ बैङ्क आफ इन्डियाले उक्त बैङ्कलाई शिघ्र सुधारात्मक कारबाही गरेको छ भने बैङ्कका संस्थापक राना कपुरलाई पक्राउ गरिसकेको छ । त्यस्तै बैङ्कका निक्षेकर्ताहरुले मासिक ५० हजार रुपैयाँभन्दा बढी निक्षेप फिर्ता लैजान नपाउनेगरी सीमा निर्धारणसमेत गरिदिएको छ । संस्थापक कपुरमाथि आरबीआईले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनको उल्लङ्घन गरेको आरोप लगाएको छ । कपुरको नेतृत्वमा बैङ्कले डीएचएफएल नामक एउटा कम्पनीलाई प्रवाह गरेको ३७ अर्ब ऋण अनधिकृत भएको आरबीआईको दाबी छ । उक्त ऋण प्रवाह भएको केही दिनमै कपुरकी छोरी र श्रीमतीको बैङ्क खातामा करोडौँ रकम जम्मा भएको देखिएपछि आरबीआईको यो आरोप थप पुष्टि भएको छ ।

प्रकाशित मिति: : 2020-03-10 22:54:18

प्रतिकृया दिनुहोस्