पूर्वको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीका कारण ठूलो जनधनको क्षति भएपछि स्थलगत अवलोकनका लागि सीधै बारा जाने भएका छन्।
आइतबार झापा र मोरङमा हुने कार्यक्रमका लागि गएका प्रधानमन्त्री ओली बारा र पर्सामा हावाहुरीका कारण कम्तिमा २७ जनाको ज्यान गएको तथा ६ सय भन्दा बढि घाइते भएपछि सीधै प्रभावित क्षेत्र जाने भएका हुन्।