बिबाहको तयारीमा व्यस्त आँचल

बिएल संवाददाता

काठमाडाै‌ं

नायिका आँचल शर्मा अहिल बिबाहको तयारीमा व्यस्त छिन्। आँचलले प्रेमी उदिप श्रेष्ठसँग बिबाह गर्न लागेकी हुन् । उनीहरु केही वर्षदेखि प्रेममा थिए । आँचल र उदीप बिबाहलाई लिएर उत्साहित छन्। 

फागुन २९ गतेका लागि बिबाहको मिती तोकेपछि उनलाई फुर्सदनै मिलेको छैन।  

फागनुको १२ गते इन्गेजमेन्ट गरेकी आँचलले केही दिन अगाडि मात्रै साथीहरुलाई ब्याचलर पार्टी दिइएकी छिन्। आइतबार आँचल संगीत साँझमा रम्नेछिन्।

संगीत साँझको तयारी राम्रो भएको आँचल बताउँछिन्। उनले भनिन्, ‘हाम्रो तयारी सकिसकेको छ। संगीत साँझ आज नै हो। तयारी राम्रै भएको छ।’

‘नाई नभन्नु ल ४’ बाट अभिनय थालेकी अभिनेत्री आँचलको नाम लामो समय अभिनेता पल शाहसँग जोडिएको थियो। यी दुई प्रेम सम्बन्धमा रहेको भन्दै गसिप बन्थ्यो। यही वर्ष अभिनेत्री आँचलले आफ्नो प्रेमी पल नभइ उदीप रहेको प्रमाण बताएकी थिइन्। 

 उदीपसँग प्रेम सम्बन्धमा रहेको १ वर्ष पूरा हुँदा उनले प्रेमी उदीपलाई सार्वजनिक गरेकी थिइन्। 

प्रकाशित मिति: : 2020-03-09 02:22:40

प्रतिकृया दिनुहोस्