एक्सन स्टार टाइगर श्राफ र श्रद्धा कपूरको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘बाघी–३’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।
अहमद खानको निर्देशनमा बनेको ‘बाघी–३’ भारतमा ४ हजार ४ सय र ओभरसिजमा १ हजार १ सय गरी विश्वभर ५ हजार ५ सय स्क्रिनमा एक साथ रिलिज भएको छ।
चलचित्रले शुक्रबार नै १८ करोड भन्दा माथिको व्यापार गरेको थियो। यस्तै दोस्रो दिनमा अर्थात शनिबार १७ करोड कमाउँदा आइतबार १९ करोडभन्दा माथि कमाउने आंकलन गरिएकाे छ। भारतीय वक्स अफिस रिपोर्टका अनुसार यस चलचित्रको कमाई आक्रमक हो।
तीन दिनमै ५४ करोडभन्दा माथि कमाइ सकेको यो चलचित्रलाई विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको त्रासले खासै असर गरेको देखिएन। यद्यपी कोरोनाको त्रास नभएको भए चलचित्र अझै राम्रो कामई गर्न सक्ने धेरैको भनाई छ।
समीक्षात्मक रुपमा पनि चलचित्रले राम्रो समिक्षा पाइरहेको छ। चलचित्रले आम/दर्शकलाई निकै मनोरञ्जन दिने समिक्षकहरु बताउँछन्। चलचित्रमा विशेषगरी टाइगरको एक्सनलाई दर्शकले रुचाउनेछन्। विषयबस्तु र त्यसको प्रस्तुती पनि राम्रो भएको समिक्षकको भनाई छ।
चलचित्रमा टाइगरको उत्कृष्ट एक्सन अवतार रहेको छ। चलचित्रमा रितेश देशमुख र टाइगरलाई दाजुभाइको रुपमा प्रस्तुत गरिएको छ। कथा त्यसैको वरिपरी रहेको छ।
चलचित्रमा टाइगर र श्रद्धाका साथै रितेश देशमुख, अंकिता लोखण्डे, दानिश भट, विजय वर्मा लगायतको अभिनय रहेको छ।
चलिचित्रको निर्माण साजिद नाडियाडवालाले गरेका हुन्।