महिला जागेका वेला : त्यसपछि बनाए बलात्कृत महिलाले छुट्टै गाउँ

मनिषा पौडेल

महिला भएकै कारण आफूमाथि भएका उत्पीडनविरुद्ध विश्वभर महिलाकै नेतृत्वमा धेरै आन्दोलन भएका छन् । पितृसत्ताले अथ्र्याएजसरी महिला घरभित्रको दासी मात्रै भएर बसेनन् । विभेदविरुद्ध महिला सडकमा उत्रिए । उनीहरू गोली खानसमेत पछि परेनन् । उनीहरूले गरेका आन्दोलन लैंगिक समानताका लागि मात्रै थिएन, महिलाले गरेका आन्दोलनले वर्गीय, जातीय समानता र राजनीतिक परिवर्तनका लागि समेत महत्वपूर्ण ठहरिए ।

ती आन्दोलनहरूले सामाजिक संरचना बदल्नसमेत उत्तिकै भूमिका खेल्यो । मार्च महिना भर श्रमजीवी महिलाले गरेको बलिदानको स्मरण गर्दै विभिन्न कार्यक्रम गरिरहँदा महिलाले विभिन्न समयमा विश्वका कुना–कुनामा गरेका संघर्ष र क्रान्तिलाई पुनः स्मरण गर्नु सान्दर्भिक हुनेछ ।

प्रकाशित मिति: : 2020-03-07 23:39:50

प्रतिकृया दिनुहोस्