‘मिस वर्ल्ड’ टोनी काठमाडौंमा, नेपालमा ‘मिस वर्ल्ड’ गराउन सम्भाब्यता खोजी गर्ने 

यस वर्ष नेपालमा ‘मिस वर्ल्ड–२०२०’ आयोजना गर्न सम्भाब्यता खोजीका लागि ‘मिस वर्ल्ड’ टोनी–आन सिंह पहिलो पल्ट नेपाल आएकी छिन्। 

उनी नेपालमा लामो समयदेखि ‘मिस नेपाल’ आयोजना गर्दै आइरहेको हिडेन ट्रेजरको निमन्त्रणामा बिहीबार बिहान १० बजेर १५ मिनेटमा कतार एयरवेजको ‘क्युआर–६५२’ विमानबाट काठमाडौं अवतरण गरेकी हुन्। 

दुई दिने नेपाल भ्रमणका क्रममा उनले सन् २०१८ की ‘मिस नेपाल’ शृंखला खतिवडा र यसै वर्षकी ‘मिस नेपाल’ अनुश्का श्रेष्ठले मकवानपुर र सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालन गरिरहेको समाजसेवाको पनि निरीक्षण गर्नेछिन्। 

जमैकाकी टोनीले शुक्रबार नै अनुश्काले सिन्धुपाल्चोक र शृंखलाले मकवानपुरमा गर्दै आएको समाजसेवाको अवलोकन गर्नेछिन्। 

नेपालमा ‘मिस वर्ल्ड–२०२०’ आयोजना गर्न पर्यटन मन्त्रालय पनि उत्सुक देखिएको थियो। टोनीसँगै ‘मिस वर्ल्ड’ की अध्यक्ष ८१ वर्षीय जुलिया मोर्ले पनि नेपाल आएकी छिन्। 
 

प्रकाशित मिति: : 2020-03-06 09:10:21

प्रतिकृया दिनुहोस्