पुराना दिन सम्झँदै राप्तीमा रम्दै महरा

जता गयो उतै माला र बाजागाजा

नारायण खड्का

संसद सचिवालयकी एक कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लागेपछि राजीनामा दिएका पूर्वसभामुख कृष्णबहादुर महरा अचेल फुर्सदमा छन्। फुर्सद मतलब घुमफिर गरिरहेका छन्।

फागुन ५ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी प्रयास मुद्दामा सफाइ दिएपछि महराको तीन महिना लामो जेल बसाइ सकिएको थियो।

अदालतबाट सफाइ पाएको एक साता नबित्दै महरा आफ्नो निर्वाचन क्षेत्र दाङ गएका थिए। झन्डै दुई सातादेखि उनी पूरानो राप्ती अञ्चलका क्षेत्र घुमिरहेका छन्।

कहिले सशस्त्र युद्धका बेला आफ्नी श्रीमती र छोरा बसेको घरमा गएर त कहिले सरकारसँग पहिलो पटक वार्ता भएको ठाउँमा पुगेर उनले पुराना यादहरूलाई फर्काइरहेका छन्।

प्रकाशित मिति: : 2020-03-06 06:06:26

प्रतिकृया दिनुहोस्