मान्बु जीप दुर्घटनाका घाइतेको उपचारमा समस्या, हेलिकप्टर कुर्दै छटपटाउँदै

नागरिक दैनिक

काठमाडाै‌ं

 नरहरि सापकोटा

गोरखाको आरुघाट गाउँपालिका १ मान्बमा भएको जीप दुर्घटना गम्भीर घाइतहरुको उपचारमा समस्या भएको छ। घटनास्थलमा पुगेका रेडक्रसकर्मी सुवास घिमिरेका अनुसार उनीहरुलाई दुर्घटना भएको ठाउँबाट उद्धार गरी धुन्चेत स्वास्थ्य केन्द्रमा राखिएको छ। तर त्यहाँ उपचार सम्भव नभएकाले हेलिकप्टर पर्खिरहको उनले बताए। उद्धारका लागि हेलिकप्टर मगाइएको भए पनि पुगेको छैन।

बा १ च ५५०५ नम्बरको जिप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते छन्। समान्य वर्षात भएको र रातको समयमा उकालो कच्ची सडकमा जीप मोडमा चिप्लिएको अनुमान प्रहरीको छ। बुधवार राती ९ः३० बजे सडकबाट करिब दुई सय मिटर तल जिप खसेको छ।

दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए।

प्रकाशित मिति: : 2020-03-06 05:34:35

प्रतिकृया दिनुहोस्