‘अमेरिकाले नबँचाएको भए त मलाई जेल नै पो हाल्ने रैछन्…. ‘

फोटो: गुगल

अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ नोट जारी गरेपछि नेपाल फिर्न सफल भएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अपराधी भए नेपाली कांग्रेस पनि अपराधी हुने अभिव्यक्ति दिएका छन्।

पत्नी सीताको अमेरिकास्थित अस्पतालमा उपचार गरी १० पछि तीन दिन अघि बिहीबार स्वदेश फर्किएका प्रचण्डले पहिलो पटक त्यसबारे आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै अमेरिकामा नेपाली कांग्रेस कमिटिले आफूलाई अपराधी घोषित गर्दै गिरफ्तारका लागि उजुरी हालेको तर अमेरिकी सरकारले आफूलाई बचाएको बताएका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अमेरिकामा आफूलाई अपराधी भन्दै उजुरी हाल्ने न्यायसंगत नभएको बताए।

उनले भने,’ म अमेरिका पुगेका बेला तितो पलको सामना गर्नु पर्‍यो। मलाई अपराधी ठहराएर जेल हाल्ने योजना रहेछ । तर अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी गरेपछि मात्रै म सुरक्षित भएँ। हैन भने त जे पनि हुने रहेछ म माथि ।’...

प्रकाशित मिति: : 2019-03-31 19:07:30

प्रतिकृया दिनुहोस्