‘ठमेलको बजारमा’ पछि मिराको ‘डिस्को पार्टी’

गायिका तथा गीतकार मीरादेवी राईको स्वर तथा रचनामा नयाँ डान्सिङ गीत ‘डिस्को पार्टी’ सार्वजनिक भएको छ। 

प्रस्तुत गीतमा चर्चित गायक प्रमोद खरेलले मीरालाई साथ दिएका छन्।

नबिन कार्कीद्वारा संगीतबद्ध ‘डिस्को पार्टी’ बोलको गीतको म्युजिक भिडियोमा प्रेम, आयुष्मा र ममताको अभिनय देख्न सकिन्छ। 

भिडियोलाई निर्देशन प्रेम भारतीले गरेका हुन् भने छायांकन नरेश आयर र मिन रावलले सम्पादन गरेका छन्।

स्मरण रहाेस् यसअघि मिराले स्वर दिएकाे चर्चित चलचित्र लूट २ मा समाबेश भएकाे ‘ठमेलको बजारमा’ हिट भएकाे थियाे।

प्रकाशित मिति: : 2020-03-05 11:37:51

प्रतिकृया दिनुहोस्