दिल्लीमा कोरोना संक्रमित भेटिएपछि स्कूल बन्द

भारतको राजधानी नयाँ दिल्लीमा पनि नोवेल कोरोना अर्थात कोभिड–१९ भाइरसको संक्रमित भेटिएपछि दुई निजी विद्यालय केही दिनका लागि बन्द गरिएको छ। दिल्लीको नोएडामा रहेका विद्यालयले इमेल र वाट्स एपमार्फत विधार्थीका अभिभावकलाई जानकारी गराएका छन्।

दिल्लीमा जो व्यक्ति भाइरस संक्रमित भएका थिए, उनको बच्चा नोएडास्थित विद्यालयमा पढ्छन्। उक्त व्यक्ति इटलीबाट फर्केपछि घरमा पार्टी गरेका थिए। त्यो पार्टीमा पाँच परिवार र १० जनाको उपस्थिति रहेको थियो। पार्टीपछि जाँचमा उनी भाइरस संक्रमित भएको देखिएको हो। यस घटनापछि केही समयका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ।

संक्रमित भएका ती व्यक्तिको सम्पर्कमा आएका अन्यलाई पनि छुट्टै घरमा राखिएको छ। विद्यायलयले संक्रमित व्यक्तिको बच्चाको सम्पर्कमा आएका अन्य विद्यार्थीहरुलाई पनि दुई हप्ताको लागि अरु बाट टाढा राखिएको छ। यस्तै विद्यालयको सार्वजनिक ठाउँ र कक्षा कोठाहरु सफा गरिएको छ।

विद्यालय बन्द गरेकोमा नडराउन समेत आग्रह गरेका छन्।

स्मरण रहोस् कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी ती व्यक्ति हुन्छ, जसमा रोगसँग लड्ने कम क्षमता हुन्छ। यस्तो अवस्थामा बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने गर्छन्। 

प्रकाशित मिति: : 2020-03-04 20:10:41

प्रतिकृया दिनुहोस्