साइकल लेन सजिलै उद्घाटन, ऐन बनाउन आलटाल

सेतोपाटी

काठमाडौं

समिक्षा अधिकारी

गत मंसिर १४ गते ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले कुपन्डोल–पुल्चोक साइकल लेन उद्घाटन गरे। अन्य सवारी साधनसँग साझेदारीमा प्रयोग गर्नुपर्ने उक्त लेन त्यति प्रभावकारी भएन। ठूला सवारी साधनले साइकललाई प्राथमिकता नदिएको अध्ययनमा देखियो। साइकल यात्रीको सुरक्षा र अधिकार प्रत्याभूत हुनेगरी महानगरले साइकल लेन सम्बन्धी ऐन नै जारी गर्ने निर्णय गर्‍यो। 

साइकल यात्रीको अधिकार सुनिश्चित गर्दै नेपाल साइकल सोसाइटीले ऐनको प्रारम्भिक ढाँचा महानगरलाई बुझाएको थियो। पुसको अन्तिम साता महानगरलाई ऐनको प्रारम्भिक ढाँचा बुझाइएको भए पनि फागुनको अन्तिम सातासम्म ऐन कार्यान्वनमा आउन सकेको छैन।

प्रकाशित मिति: : 2020-03-04 05:07:34

प्रतिकृया दिनुहोस्