सरकारले बनायो २५ खर्बका १८ ‘गेमचेन्जर आयोजना’को सूची

जीवन बस्नेत

काठमाडौं

सरकारले करिब २५ खर्ब रुपैयाँका १८ आयोजनालाई पहिलोपटक ‘गेमचेन्जर आयोजना’का रूपमा परिभाषित गर्दै सोमबार १५औँ पञ्चवर्षीय योजना स्वीकृत गरेको छ । बालुवाटारमा सोमबार प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको पूर्ण बैठकले चालू आर्थिक वर्षदेखि कार्यान्वयनमा आएको १५औँ पञ्चवर्षीय योजना (०७६/७७ देखि ०८०/८१) को विस्तृत दस्ताबेजलाई परिमार्जनसहित स्वीकृत गरेको हो ।

दस्ताबेजमा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना, डिजिटल नेपाल, समृद्धिका लागि वन कार्यक्रम, पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति आयोजना, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना जस्ता १८ परियोजनालाई ‘गेमचेन्जर आयोजना’ (रूपान्तरणकारी)मा राखिएको छ ।  

प्रकाशित मिति: : 2020-03-03 21:18:56

प्रतिकृया दिनुहोस्