एभर्टनका प्रशिक्षक कार्लोस एन्सिलोटीमाथि अभद्र व्यवहारको आरोप

एजेन्सी

काठमाडाै‌ं

एफएले एभर्टनका प्रशिक्षक कार्लोस एन्सिलोटीमाथि अभद्र व्यवहारको आरोप लगाएको छ।

म्यानचेस्टर युनाइटेडसँगको खेलमा रातो कार्ड पाएका प्रशिक्षक एन्सिलोटीले खेल भावना विपरित व्यवहार गरेको र रेफ्रीमाथि दुर्व्यवहार गरेको आरोप एफएले लगाएको हो।

युनाइटेडसँगको खेलको अन्तिम समयमा डोमिनिक काल्भर्ट–लेविनले गरेको गोल अफसाइड भन्दै रेफ्रीले रद्द गरेपछि प्रशिक्षक एन्सिलोटी चिच्याउँदै रेफ्री क्रिस काभानाभ सामु गएका थिए।

बिहीबारसम्ममा आरोप स्वीकार गरेमा एन्सिलोटी टच लाइन प्रतिबन्धबाट जोगिने छन्। तर उनले ८ हजार पाउण्ड जरिवाना भने तिर्नु पर्नेछ।

प्रकाशित मिति: : 2020-03-03 20:23:36

प्रतिकृया दिनुहोस्