भारतको राजस्थानमा पनि कोरोनाको सङ्क्रमित भेटियाे

 भारतको उत्तरी प्रान्त राजस्थानमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। 

राजस्थानका स्वास्थ्य मन्त्री रघु शर्माले जयपुरमा एक जना इटलीका पर्यटकमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको बताए। 

गएको फेब्रुअरी २९ मा गरिएको पहिलो नमुनामा सङ्क्रमण पुष्टि भएको थिएन तर दोस्रो नमुना परीक्षणमा गएको सोमबार ती नागरिकमा कोरोना सङ्क्रमित भएको पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ। 

शर्माले भने, ‘पहिले र अहिलेको रिपोर्टमा अन्तर छ, यसर्थ नमुना परीक्षणको लागि पुणेमा रहेको राष्ट्रिय विषाणु विज्ञान संस्थान पठाइएको छ।’

‘इटलीका यात्रीलाई एसएमएम अस्पतालको निगरानी वार्डमा राखिएको छ। दुई पटकको जाँचमा फरक देखिएपछि फेरि एक पटक नमुना परीक्षण जाँच गर्न पठाइएको छ। गएको २९ फेबु्रअरीसम्म जति मानिस उनको सम्पर्कमा आए, ती सबैको पनि जाँच गरिनेछ।’

सोमबारमात्रै दिल्ली र तेलङ्गनामा पनि कोरोना सङ्क्रमित भेटिएको थियो। सङ्क्रम देखिएका बिरामी इटली र तेलंगानामा संक्रमण देखिएका बिरामी दुवईबाट नयाँ दिल्ली आएको भारतीय स्वास्थ्य मन्त्रायले जनाएको छ। दुबै बिरामीको अवस्थास्थिर रहेको र उनीहरुलाई नजिकबाट अनुगमन गरिएको बताइएको मन्त्रालयले जनाएको छ।

भारतमा अहिलेसम्म ६ जनामा कोरोना सङ्क्रमण भेटिएको छ। पहिलो पटक कोरोनाको सङ्क्रमण देखिएको केरलाकी एक महिलासहित तीन जना स्वास्थ्य लाभपछि घर फर्किसकेका छन्। 

प्रकाशित मिति: : 2020-03-03 19:42:58

प्रतिकृया दिनुहोस्