'जंगलबाट घिसार्दै लगेर श्रीमती बनाए'

सेतोपाटी

काठमाडौं

अमृता लम्साल

 

टंकमाया कार्की धनकुटाको भेडेटारमा जन्मिएकी हुन्। काठमाडौं, गोकर्णेश्वर-५ बस्ने उनलाई उमेर सोध्दा भन्छिन्- चार कोरी भएँ नि! 'चार कोरी' अर्थात् असी वर्ष। उनको जन्म १९९६ सालतिर भएको हुनुपर्छ। टंकमायालाई आफ्नो उमेरसँगै बुवाको नाम थाहा छ। जन्म दिने आमाको नाम भने थाहा छैन।'आमाको त नाम बिर्सेँ, छैन जानेको। बुवाको नाम कुलबहादुर कटुवाल हो,' उनले भनिन्। उनका सात दिदीबहिनी र एक दाजु थिए, अहिले उनी र अन्तरी दिदी मात्र छन्।

उसो त उनलाई कुन उमेरमा आफ्नो बिहे भयो भन्ने पनि थाहा छैन। उनको जीवनमा दुइटा बिहे भएको रहेछ। पहिलो बिहे सानै उमेरमा भएको थियो। त्यो बेलाको चलनअनुसार उनी ठूली हुञ्जेल माइतै बसिन्। १८ वर्षकी हुँदा श्रीमान लिन आए, घर गइन्। दुई वर्षपछि टंकमायाको दोस्रो बिहे भयो। यो दोस्रो बिहे मागी, मन पराएर या सहमतिमा भएको रहेनछ। उनी आफूलाई त्यो समयमा पुर्‍याउँछिन्, 'श्रीमान मलाई छाडेर गोठतिर जानुभएको थियो।'

प्रकाशित मिति: : 2020-03-03 02:19:32

प्रतिकृया दिनुहोस्