इंग्लिस प्रिमियर लिग फुटबलमा खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटनह्याम पराजित भएको छ।
आइतबार राति भएको खेलमा टोटनह्याम घरेलु मैदानमै वल्भ्ससँग ३–२ ले पराजित भएको हो। वुल्भ्सको जितमा माट दोहेर्टी, डिएगो जोटा र राउल जेमिनिजले एक एक गोल गरे।
टोटनहमका स्टेभेन बेर्ग्विजन र सेर्गे औरिएरले एक एक गोल फर्काए।
खेलको १३ औं मिनेटमा स्टेभेनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए। २७ औं मिनेटमा माटले गोल गर्दै वुल्भ्सलाई १-१ गोलको बराबरीमा ल्याए।
४५ औं मिनेटमा सेर्गेले गोल गर्दा घरेलु टिम पुनस् २-१ ले अघि रह्यो। ५७ औं मिनेटमा जोटाले गोल गर्दै वुल्भ्सलाई २-२ गोलको बराबरीमा ल्याए।
त्यसपछि खेलको ७३ औं मिनेटमा जेमिनिजले गोल गर्दै वुल्भ्सलाई ३-२ को जित दिलाए।
जितसँगै वुल्भ्सले २८ खेलबाट ४२ अंक जोडेको छ। र, वुल्भ्स लिगको छैटौं स्थानमा उक्लिएको छ।
लिगमा ४० अंक जोडेको टोटनहम सातौं स्थानमा रहेको छ।