मृत्युदण्डबारे बनाइएको इरानी चलचित्र सर्वोत्कृष्ट

‘देअर इज नो इभिल’ले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ। मृत्युदण्डका विषयमा रहेको यो चलचित्रको निर्देशन तथा स्क्रिनप्ले मोहम्मदको हो। उनको यो छैटौँ चलचित्र हो र यो चलचित्र उनले गोप्य रुपमा बनाएका हुन्।

इरानले सन् २०१७ मा मोहम्मद रासोउलोफमाथि निर्देशन गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो। यस्तै उनीमाथि देश बाहिर जान नपाउने गरी यात्रा प्रतिबन्ध लगाएको छ। जसका कारण उनी सर्वोत्कृष्ट चलचित्रको अवार्ड उचाल्न बर्लिन पुग्न सकेनन् ।

उनकाे अवार्ड छोरी बारानले उचालेकी थिइन्। बारान चलचित्रकी अभिनेत्री पनि हुन्।

मृत्युदण्डका चार कथा समेटिएको चलचित्रले अधिनायकवादी सत्ताको सर्वासाधारण नागरिकमा परेको प्रभावलाई देखाएको जुरीका अध्यक्ष जेरेमी आइरन्सले बताएका छन्।

अमेरिकामा गर्भपतनबारे एजिजा हिट्म्यानले निर्देशन गरेको चलचित्र नेभर रेअरली समटाइम्स अल्वेजले दोस्रो स्थान हाँसिल गरेको छ।
 

प्रकाशित मिति: : 2020-03-01 22:04:00

प्रतिकृया दिनुहोस्