भीम रावललाई विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक, ‘कसको निर्देशनमा मलाई त्यहाँ पस्न दिइएन?’

पहिलोपोष्ट

काठमाडौं

महेन्द्र बम

कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावललाई धनगढी विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा रोक लगाइएको छ। आफूलाई विशिष्ट कक्ष प्रयोग गर्न नदिइएको भन्दै रावलले आक्रोश पोखेका छन्। 

शनिवार बिहान काठमाडौंबाट धनगढी आइपुगेका रावलले प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी विशिष्ट कक्ष प्रयोग गर्न नपाएपछि ट्रली हिड्ने बाटोबाट बाहिरिनु परेको गुनासो गरे। त्यस विषयमा सुरक्षा निकायको कुनै दोष नभएको भन्दै उनले कसको निर्देशनमा त्यहाँ जान नदिइएको हो भन्ने विषयमा आफूलाई उत्सुकता जागेको बताए। अन्य व्यक्तिलाई प्रवेश दिए पनि आफूलाई सुरक्षाको कारण देखाउँदै जान नदिएको उनले बताए।

प्रकाशित मिति: : 2020-03-01 06:46:47

प्रतिकृया दिनुहोस्