शिवकुमार राई
गृह मन्त्रालयले गत पुस ८ गते जिल्ला प्रशासन कार्यालय डोटीलाई एक परिपत्र जारी गर्यो। विषय थियो, छाउगोठबारे। छाउपडीप्रथा अन्त्यका लागि अभियान चलाउने निर्देशनसहितको उक्त परिपत्र सुदूरपश्चिम र कर्णालीका १९ जिल्लाले कार्यान्यन गर्नुपर्ने थियो।
छाउपडीबारे सुनेको थिएँ, तर देखेको थिइनँ। त्यसैले छाउगोठ हेर्न र गाउँको धारणा बुझ्न स्थानीय मानव अधिकारकर्मी र प्रहरीसहित डोटी जिल्लाको गोदरा गाउँतिर लाग्यौं। हरियाली गहुँबारी र पहेँलपुर तोरीबारी, ढुंगाले छाएका प्रायः दुई तले घर। धुलेसडक र गोरेटो छिचोल्दै हामी गोदार पुग्यौं।