पूर्वडिआईजी खरेल बिहीबारदेखि भ्रष्टाचारविरोधी आन्दोलनको बिगुल फुक्दै 

नेपाल प्रहरीका पूर्वडीआईजी रमेशकुमार खरेलले देशमा देखिएको बिसङ्गती र भ्रष्टाचारविरूद्ध अभियान सुरु गर्ने भएका छन्। बिहीबार उनले काठमाडौंको बिजुलीबजारबाट ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको सुरुवात गर्ने बिएल नेपाली सेवालाई जानकारी गराए। 

उनको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, ज्ञानेन्द्र शाहीलगायत समावेश छन्। अभियानको सम्पूर्ण जानकारी बिहीबार दिने उनले बताए। 

‘पार्टी नै खोल्न लागेको होइन तर हामीले अभियानको सुरुवात गर्देछौं,’ उनले भने, ‘देशमा धेरै नै बिकृति र बिसङ्गती देखियो।’ उनले आफ्नो अभियानको मूल उद्देश्य नै भ्रष्टाचारविरोधी अभियान हुने बताए। सुशासन, नागरिक हकलाई अगाडि सार्दै अभियानको सुरुवात गर्छो। 

२०७४ साल माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनालको बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा गरेका थिए। 
 

प्रकाशित मिति: : 2020-02-27 00:58:26

प्रतिकृया दिनुहोस्