पर्यटन दूत नै बेपत्ता

पर्यटनदूतको पद राज्यलाइ होइन निजी व्यवसायमा प्रयोग

छेटु शेर्पा

काठमाडौं

बोर्डले दुई वर्षको अवधि दिएर नियुक्त गर्ने पर्यटन दूत हालसम्म कतिलाई नियुक्त गरिए र उपलब्धि के भयो भन्ने समेत समीक्षा हुने गरेको छैन। हालसम्म कति र कुन-कुन देशमा मानार्थ जनसम्पर्क प्रतिनिधि खटाइएको छ र तिनीहरूको अवस्था के छ भन्नेमा समेत बोर्डले कुनै चासो नदिएको पाइएको छ।

समयअवधि भएका प्रतिनिधिलाई समेत बोर्डले सम्पर्क गरेको छैन। राजनीतिक र व्यक्तिगत नाता सम्बन्धका आधारमा मात्र मानार्थ जनसम्पर्क प्रतिनिधि नियुक्ति गर्ने गरेकाले प्रभावकारी उपलब्धि हुन नसकेको नेपाल पर्वतारोहण संघका अध्यक्ष एवं पर्यटन व्यवयासी शान्तविर लामाको आरोप छ।

प्रकाशित मिति: : 2020-02-25 05:46:52

प्रतिकृया दिनुहोस्