पछिल्लो समय दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणका बिरामीहरू बढेसँगै सोलस्थित नेपाली दूतावासले एक विज्ञप्ता जारी गर्दै सतर्क रहन आग्रह गरेको छ।
केहिदीन यता दक्षिण कोरियामा कोभिड-१९ अर्थात कोरोना भाइरसको प्रकोप महामारीको रुपमा फैलिन थालेको छ। फेब्रुअरी ९ तारिख भाइरस संक्रमित एक महिला थेगुमा रहेको शिन्छेङ्गी चर्चमा प्रार्थनाका लागि पुगेपछि त्यहीँबाट संक्रमणले महामारीको रुप लिन थालेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ।
शुक्रबार एकैदीन थप १ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछी हाल संक्रमितको संख्या २०४ पुगेको सरकारी अधिकारीहरुले बताएका छन्। संक्रमित मध्ये १ सय ५३ जना थेगुको दक्षिणी भेकका छन्।
यसैगरी हिडडुल गर्दा संक्रमित संख्या बढ्न सक्ने हुनाले कोरियामा रहेका नेपाली विद्यार्थी र कामदारलाई सतर्कता अपनाउन दूतावासले अपिल गरेको छ।