पत्रकारिता विभाग प्रमुखमाथि छानबिन गर्नेबारे त्रिवि उपकुलपतिलाई खुलापत्र

भानुभक्त आचार्य

आदरणीय उपकुलपतिज्यू,
नेपालकै जेठो र संसारकै ठूलामध्येको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिजस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा ढिलै भए पनि यहाँलाई हार्दिक बधाई। यहाँसामु त्रिवि सुधार तथा प्राज्ञिक उनन्नयनमा अवसर र तगारा दुवै छन्। यसअघि नेपाल मेडिकल काउन्सिलमा यहाँले गर्नुभएका उल्लेखनीय सुधार कार्यहरूले त्रिविका चुनौतिहरूलाई सहजै पार लगाउनु होला भन्नेमा मलगायत नेपालको प्राज्ञिक उन्नयन देख्न चाहने सबै आशावादी छौं।

त्रिविमा प्राज्ञिक मर्यादा खस्कँदै गइरहेको विषयमा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले पुस ८ गते मार्टिन चौतारीको छलफलमा उल्लेख गर्नुभएको एउटा प्रसङ्गबाट पत्र सुरु गर्छु। उनले भनेका छन्, 'हाम्रो विश्वविद्यालय अब प्राज्ञिक संस्था रहेनन्, चिहान भइसक्यो। त्यहाँ सबै मृत छन्। कसैको पेटमा आगो छैन, न प्राध्यापकमा आगो छ, न विद्यार्थीमा। …हाम्रो विश्वविद्यालय र यहाँका प्राध्यापक त कुनै विषयमा आफ्नो धारणा नै राख्दैनन्। प्राध्यापक नै यस्तो भएपछि विद्यार्थीबाट के अपेक्षा गर्ने? के विश्वविद्यालयमा पढ्ने र पढाउने भनेको जागिर खान मात्र हो?'

 

मेरो विचारमा सबैभन्दा बढी जनशक्ति उत्पादन गर्ने संस्थालाई चिहानघारी घोषणा गर्ने बेला भइसकेको छैन, भलै त्यस संस्थाका कतिपय विभाग अप्राज्ञिक कर्मले थलिएका होलान्। त्रिविलाई पनि सांगठनिक सुधारका लागि कुशल चिकित्सक चाहिएको छ। वास्तविक जीवनमा पनि चिकित्सक यहाँले त्यो भूमिका खेल्न सक्नुहुन्छ। जसरी चिकित्सा विज्ञानमा शरीरमा काम नलाग्ने गरी बिग्रेको भाग फालेर बाँकीलाई मलमपट्टी गरिन्छ, त्यसैगरी त्रिविमा सुधारको सुरुवात गर्दा बेथितिका घाउहरूलाई फेरि नबल्झिने गरी काटेर फाल्न कुनै कसर बाँकी राख्नु हुनेछैन भन्ने अपेक्षा छ।

प्रकाशित मिति: : 2020-02-23 21:23:06

प्रतिकृया दिनुहोस्