बाँस्कोटाको ७० करोड प्रकरणले सम्झाएको महरा र पाठकका ती 'अडियो टेप'

बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रेसको कमिसन प्रकरणमा ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भयो। अडियो टेप सार्वजनिक भएसँगै उनले 'नैतिकताका आधारमा' राजीनामा दिए।

'टेप काण्ड' का कारण ओली मन्त्रिमण्डलका शक्तिशाली मन्त्रीको बहिर्गमनसँगै यसअघिका टेप काण्डहरुका बारेमा सामाजिक संजालमा चर्चा भइरहेको छ। यसरी नै अडियो टेपहरु सार्वजनिक भए पनि आरोपीमाथि कुनै कारवाही नभएको भन्दै बाँस्कोटालाई पनि 'क्लिन चिट' दिइने अनुमान धेरैको छ।

यसअघिका केही टेप प्रकरण :

महराको ५० करोड प्रकरण

तत्कालीन नेकपा माओवादीका नेता कृष्णबहादुर महराले २०६७ साल भदौ १८ गते एक चिनियाँ नागरिकसँग निर्वाचनका लागि ५० करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भयो। अडियो भारतबाट चल्ने नेपाली भाषाको टिभी च्यानल ‘नेपाल वान’ले सबैभन्दा पहिला प्रसारण गरेको थियो ।

अडियोमा महराले प्रधानमन्त्रीको निर्वाचनका लागि ५० सांसद खरीद गर्नुपर्ने र त्यसका लागि ५० करोड नेपाली रुपैयाँ आवश्यक परेको चिनियाँसँग समक्ष भनेको सुनिएको थियो।

प्रकाशित मिति: : 2020-02-22 05:35:17

प्रतिकृया दिनुहोस्