फेरिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिर्दा प्रायः देखिने गरेको थियो, ट्याक्सी चालकको तछाडमछाड, आगमन र प्रस्थान कक्षमा अत्यधिक भीडभाड, फोहोर शौचालय, भूइँमै बसिरहेका यात्रु।

केही सयमयता त्रिभुवन विमानस्थल छिर्नु भएको छैन भने त्यहि दृश्य याद आउनेछ। तर, अहिले त्यस्तो छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप फेरिँदै गएको छ।

विमानस्थलको प्रवेशद्वार (गोल्डेन गेट)बाट भित्र छिर्नासाथ फेरिएको दृश्य अनुभुत गर्न सकिन्छ। विमानस्थलभित्र पस्न र फर्कनका लागि छुट्टाछुट्टै गेट, व्यवस्थित रुपमा राखिएका ट्याक्सी तथा नीजि बसहरू, बाटोको दुवैतिर फुलिलरहेको विभिन्न फूल, भित्र छिर्नासाथ देखिने फाउन्टेन फेरिएका दृश्य हुन्।

विमानस्थलको सजावटसँगै अध्यागमन विभागले पनि नयाँ स्वरुप पाएको छ। बोर्डिङ पास लिनका लागि घन्टौँ उभिनु पर्ने अवस्था अन्त्य भएको विभागका महानिर्देशक ईश्वरराज पौडेल बताउँछन्। अहिले अध्यागमनले पूराना सामग्रि हटाएर नयाँ राखिएको छ। ‘२५ वर्ष पूराना सबै सामाग्रीहरु निकालेर नयाँ स्वरुपमा अत्याधुनिक उपकरणहरुरु जडान गरेका हौँ,’ उनले भने, ‘नयाँ उपकरणवाट सेवा प्रवाहमा सहज भएको छ।’

अहिले सुरक्षा प्रणाली पनि राम्रो बनेको छ। ‘अध्यागमनको सुरक्षा फितलो हुँदा विदेशबाट अनाधिकृत रुपमा भन्सार छलि गरेर सामान भित्रिएको आरोप लाग्ने गरेको थियो,’ महानिर्देशक पौडेल भन्छन्, ‘अध्यागमन विस्तारसँगै अब भुसुना समेत छिर्न नसक्ने बनाएका छौँ। बायोमेट्रिक प्रणालीबाट सुरक्षा जाचँ हुन्छ, सबै सामान हामीले सहज देख्न सक्छौँ।’

प्रकाशित मिति: : 2020-02-22 03:31:52

प्रतिकृया दिनुहोस्