टेकनबहादुर थापा चीनको बेइजिङबाट फर्केको चार दिन भयो। काठमाडौं आएदेखि एकपल चैनको सास फेर्न पाएका छैनन्।
सतुंगल बस्ने टेकनलाई छिमेकीहरू शंकाको आँखाले हेर्छन्। धेरैले त उनीसँग बाेलीचाली पनि बारेका छन्। छिमेकीको शंका दूर गर्न उनले टेकु अस्पताल गएर जचाए, तै धर पाएका छैनन्।
उनी आफ्नो स्वास्थ्य रिपोर्ट खल्तीमै बोकेर हिँड्छन्। सोध्न आउनेलाई त्यही देखाउँछन्। कति चुप लाग्छन्, कति नपत्याएर केरकार गर्न थाल्छन्।
'मलाई कोरोना लागेको भए उहीँ चीनमै मर्थें, नेपाल आउँदिन थिएँ। मेरो परिवारलाई किन सार्थें? मेरो परिवार मलाई प्यारो छैन र?' टेकनले भने, 'अचम्म लाग्यो, नेपालमा मैले सोच्दै नसोचेको घटना भयो।'