कोरोना भाइरसबाट धेरै डराउनु पर्दैन, सतर्क हुनुपर्छ

 चीनबाट सुरू भएको काेरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। चीनबाट आएका एक युवकमा संक्रमण देखिएको हाे। अन्य दुई जनामा शंकास्पद देखिएको छ। उनीहरूको नमूना परीक्षणका लागि हङकङ पठाएका छौं।

आजदेखि नेपालमै यसको परीक्षण गर्छौं। यसको परीक्षणका लागि भारतको नयाँ दिल्लीबाट केमिकल आउँछ। हाम्रै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन्छ।

यतै परीक्षण हुने भएपछि कोरोना भाइरस संक्रमण भएको छिट्टै पहिचान हुन्छ। तत्कालै उपचार गर्न र अरुलाई संक्रमण नहोस् भनेर सतर्कता अपनाउन सजिलो हुन्छ। यसको उपचारको व्यवस्था पनि गरेका छौं, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा। धेरै डराउँनु पर्दैन, सतर्कता भने अपनाउनै पर्छ।

हामीले पनि सतर्कता अपनाउन थालेका छौं। यसमा कुनै सम्झौता हुँदैन। आवश्यक परेको ठाउँमा बजेट, स्वास्थ्यकर्मी पठाउँछौं। मन्त्रालयले नै खर्चको व्यवस्था गर्छ। अझ अहिले त विश्व बैंकको एमर्जेन्सी फन्ड छ, त्यसको प्रयोग गर्छौं।

प्रकाशित मिति: : 2020-02-19 20:10:27

प्रतिकृया दिनुहोस्