लगन भए नाम र दाम पोट्रेटमै

काठमाडौं । नेपालमा जन्मिए पनि भारतको मुम्बईमा हुर्किएका भरत सिंह विगत १५ वर्षदेखि पोट्रेट पेन्टिङको कला प्रस्तुत गर्दै आएका छन् । भारतीय हस्ती अमिताभ बच्चनदेखि, बाल ठाकरे, रतन टाटा, शरद पवार, सचिन तेन्दुलकरलगायतका घरमा सिंहको कला सजिएका छन् । उनले भारतका अधिकांश चर्चित हस्तीहरूको पोट्रेट बनाइसकेका छन् । सानैदेखि चित्र कोर्ने रहर पालेका भरतले सानो छँदा पनि निकै चित्र बनाए । विद्यालयबाट फर्किएपछि झोला थन्क्याएर उनी कापी–कलम समाएर चित्र बनाउन थालिहाल्थे । “मलाई खाना नदिए पनि चल्थ्यो तर चित्र नकोरी बस्नै सक्दैनथें,” उनले विगत सम्झिए ।

हामी बिहान उठेर झ्याल खोली हेर्दा आफ्नो वरिपरि भएका सुन्दर प्रकृतिदेखि मोहित हुँदै आहा... भन्छौं । कसैकसैले त सधैं देखिरहेकै भएर त्यति वास्ता पनि नगर्ला । तर उनी जहिल्यै आफ्ना वरिपरि चित्र मात्रै देख्थे । जसलाई देख्दा पनि उनले ब्रस र रङ लिएर क्यानभासमा उतारिहाल्थे । 

प्रकाशित मिति: : 2020-02-19 02:48:47

प्रतिकृया दिनुहोस्