भारतबाट फर्कंदा २७ हजार भारतीय रूपैयाँको पुस्तक ल्याएर ‘किताब यात्रा’ शुरू गरेका ऋषिराम अधिकारी टीमको लगानी अहिले करीब एक करोड पुगेको छ। र, त्योसँगै बढेको छ- नेपालमा पठन संस्कृति बसाउने आत्मविश्वास।
काठमाडौं। स्कुल पढ्दा उनलाई लाग्थ्यो- बुबा जस्तै समाजसेवी बन्छु। उनका बुबा प्रेमप्रसाद अधिकारीले सर्लाहीमा विद्यालय बनाउन आफ्नो अधिकांश जग्गा दान दिएका थिए। वस्ती बसाउन योगदान गरेका थिए। कान्छो छोरा ऋषिरामको अधिकांश समय बुवासँगै बित्थ्यो।