आस्थाको मेटल लभ, तर क्राउडदेखि टाढै..

मन्दिरा खत्री

काठमाडाै‌ं

मेटल ब्यान्डको भोकलिस्ट। रफ पहिरन, आक्रमक शैली। आस्था नगरकोटीको यही लुक्स उनको पहिचान हो। साथीभाइ माझ सफ्ट टोनमा कुरा गर्ने आस्था स्टेजमा भने आक्रामक सुनिन्छिन्।  संगीत पनि उस्तै  उनको स्वरले गुञ्जयमान हुन्छ स्टेज।

सानैदेखि कन्सर्टमा जान रुचाउने आस्था मेटल सर्कलमै हुर्किन्। बिस्तारै उनलाई मेटल जनराका गीत संगीतमा रुची बढ्न थाल्यो। हाईस्कूल पढ्दादेखि नै मेटलका गीतहरु बढी नै सुन्थिन् उनी। साथी सर्कल पनि उस्तै। मेटल ब्याण्डकै 'कभर सङ'बाट उनले ‍औपचारिक रुपमा सांगीतिक करियर सुरु गरेकी थिइन्।

'सफोकेसन','डाइङ फिटरस'लगायतका ब्याण्डका गीतहरु बढी सुन्ने २० वर्षीया आस्था अहिले 'क्रुर ब्याण्ड'को भोकलिस्ट छिन्। युवा वर्गमाझ पपुलर मेटल गीतमार्फत उनी आफ्नो सपना पूरा गर्न तल्लिन छिन्। तर आस्थालाई मेटल कन्सर्टमा आउने 'क्राउड' भने मनपर्दैन।

प्रकाशित मिति: : 2020-02-15 03:58:33

प्रतिकृया दिनुहोस्