'कि त हामी भोकै हुने भयौं, कि पढ्न नपाउने भयौं'

अनुषा अधिकारी

काठमाडाै‌ं

दस दिनअघि त्रिचन्द्र कलेजमा अध्ययनरत विनोद देउवा सिंहदरबारको पश्चिम गेटबाहिर बसेर किताब पढिरहेका थिए।

अर्थशास्त्र, दोस्रो वर्षमा स्नातक गरिरहेका १९ वर्षीय विनोदलाई साहित्य र किताब पढ्नमा धेरै रूचि छ। त्यो दिन भने उनी नेपालको संविधान पढिरहेका थिए। सिंहदरबार अगाडि उनीसँग अरू साथी पनि थिए, उसैगरी किताब खोलेर बसेका।

उनीहरूले किताब खोलेर पढ्न थालेको दुई मिनेट मात्र भएको थियो होला, अचानक प्रहरीको हुल आएर समात्यो। जेल लग्यो। पछि उनीहरू मुक्त भए। त्यसपछि पनि विनोद र उनका साथी रोकिएका छैनन्। विभिन्न सार्वजनिक ठाउँमा त्यसैगरी किताब पढिरहेका छन्।

यी विद्यार्थीले किन यसो गरेका?

विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिविरूद्ध उनीहरूले प्रदर्शन गरेका हुन्। सरकारले किताबमा कर लगाएसँगै बजारमा पाठ्यक्रम सम्बन्धी र अंग्रेजी साहित्यका किताब बजारमा अभाव भएको भन्दै विद्यार्थीहरू दुई सातादेखि आन्दोलन गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-02-15 03:49:41

प्रतिकृया दिनुहोस्