५५ हजार बालबालिका घरेलु मजदुर

पूर्वसचिव कार्कीको घरमा भएको जघन्य अपराधमा संलग्नप्रति सहानुभूति देखाउन सकिँदैन, तर, गैरकानुनी रूपमा बालबालिकालाई घरेलु मजदुर राख्ने मालिकले कुटपिट मात्र होइन, श्रम शोषण र यौन उत्पीडन गरेका अनेक घटना प्रहरीमा छन्

घटना १

दाइजोमा कामदार
साला–भिनाजुबाटै बलात्कार

ललितपुर सातदोबाटोका भरत कार्कीको मोरङकी युवतीसँग विवाह भयो । ससुराली खानदानी थिए, घरेलु कामदारका रूपमा १४ वर्षीया बालिका पनि दाइजोमा दिए । सातदोबाटोको आलिसान महलमा भरत, उनीकी पत्नी र सालो उमेश खत्री बस्थे । बालिकालाई स्थानीय सामुदायिक विद्यालयमा भर्ना गरिएको थियो । बिहान–बेलुका घरको सबै काम गर्थिन् । बस्नका लागि छुट्टै कोठा थियो ।

ललितपुर आएको ६ महिनासम्म सबै ठिकै थियो, त्यसपछि भने बालिकामाथि २४ वर्षीय उमेशको कुदृष्टि पर्‍यो । राति सबै निदाएपछि बालिकाको कोठामा पसेर दुव्र्यवहार गर्न थाले । सुरु–सुरुमा बालिका चिच्याउने डरले संवेदनशील अंगमा छुने, चलाउने गर्थे । पछि त मुख थुनेर बलात्कार नै गर्न थाले । उनको यो ज्यादती करिब डेढ वर्षसम्म चल्यो । यो घटना थाहा पाएपछि भरतले पनि बालिकालाई यौन शोषण गर्न थाले । दुई वर्षअघि बालिकाले स्कुलका साथीहरूलाई पीडा सुनाएपछि यो घटना बाहिर आयो । बालअधिकारसम्बन्धी काम गर्ने संस्था सिविसको पहलमा प्रहरीले साला–भिना दुवैलाई पक्राउ गरेर मुद्दा चलायो । अदालतले उनीहरूलाई ६–६ वर्ष कैद र २५–२५ हजार जरिवानाको सजाय सुनाएको छ ।

प्रकाशित मिति: : 2020-02-12 20:11:22

प्रतिकृया दिनुहोस्