सिरियाको बारेमा छलफल गर्न रुसी प्रतिनिधिमण्डल टर्की जाने

एजेन्सी

काठमाडाैं

रुसको प्रतिनिधि मण्डल शुक्रबार टर्कीको राजधानी अङ्करा जाने भएका छन्। सिरियाको इदलिब प्रान्तमा भएको तनावका बारेमा छलफल गर्न उनीहरुको टोली जान लागेको अधिकारीहरुले जनाएका छन्।

टर्कीका विदेशमन्त्री मेभ्लुट काभुसोग्लुले शुक्रबार दिएको जानकारी अनुसार भ्रमणलाई महत्वका साथ लिइएको छ। ‘हाम्रो उद्देश्य त्यस क्षेत्रमा भइरहेको तनावको अवस्थालाई अन्त्य गर्नु हो, त्यसलाई राजनीतिक तरिकाले समाधान गर्नुपर्छ भन्ने हो,’ उनले पत्रकारहरुसँग भने। 

प्रतिनिधि मण्डलले आवश्यकता परेमा टर्कीका राष्ट्रपति रेसेप तोयप एर्डोगान र रुसी समकक्षी भ्लादिमिर पुटिनको भेटवार्ता गराउने बारेमा पनि छलफल गर्ने उनले बताए। 

रुसी सहयोगको सिरियाली सरकारी सुरक्षाकर्मीले इदलिबमा हालै गरेको आक्रमणमा परी टर्कीका सात सुरक्षाकर्मी मारिएका थिए। त्यसपछि त्यस क्षेत्रमा तनाव थप बढेको छ। 

प्रकाशित मिति: : 2020-02-08 11:25:03

प्रतिकृया दिनुहोस्