तमिल अभिनेता रजनीकान्तको पछिल्लो चलचित्र ‘दरबार’ वक्सअफिसमा फ्लप भएको छ।
एआर मुर्गादोषको निर्देशनमा बनेको चलचित्रले विश्वव्यापी रुपमा २५० करोड भारू कमाएको बताइन्छ। रजनीकान्तको सो चलचित्रको लागत दुई समय करोड भारू हो।
यो चलचित्रको लागि रजनीकान्त एक्लैलाई पारिश्रमिक बापत १ सय ८ करोड भारू दिइएको थियो।
भारतीय मिडियाहरुका अनुसार चलचित्र फ्लप भएपछि हल वितरकहरु रजनीकान्तसँग क्षतिपूर्ति माग्ने भएका छन्।
उनीहरुले रजनीकान्तलाई उनकै निवासमा भेट्ने बताइएको छ। वितरकहरूले चलचित्र निर्माण कम्पनी लाइका प्रोडक्सनले कुनै चासो नदिएपछि रजनीकान्तलाई भेट्ने निर्णय गरेका हुन्।
यसअघि रजनीकान्तले ‘लिङ्गा’ नामक चलचित्र फ्लप भएपछि वितरकहरुलाई रकम फिर्ता दिएका थिए।