काठमाडौं महानगरपालिकामा अक्कुपाई टुँडिखेल अभियन्ताहरुले विरोधस्वरुप ज्ञापन पत्र बुझाएका छन्।
तीन महिना बितिसक्दा पनि खुल्ला मञ्च खाली नगरेको भन्दै उनीहरुहरुले बिहिबार भ्यूटावर चाहिदैन, बसपार्क स्थानान्तरण गर जस्ता नारा र प्लेकार्ड बोकेर ज्ञापन पत्र बुझाएका हुन्।
महानगरपालिकाले सम्पदा मासेर प्रकृतिमाथि हस्तक्षेप गरेको उनीहरुको आरोप छ। टुँडिखेलमाथिको हस्तक्षेप बन्द नगरेसम्म विरोध जारी राख्ने उनीहरुको भनाई छ।
महानगरका प्रशासन बिभागका प्रमुख नमराज ढकालले टुँडिखेललाई खाली गर्ने प्रयास भइरहेको जानकारी दिए। 'यस बिषयमा महानगरप्रमुखसंग छलफल गर्दछौं' उनले भने।
अभिायानका संयोजक विजय श्रेष्ठले महानगरपालिकाले जनताको भावनामाथि चोट पुर्याएको बताउदैं भने, 'तीन महिनाभित्र टुँडिखेल फिर्ता गर्ने आवश्वासन मात्रै दियो।'