सडकबाट खेदिएका दृष्टिबिहीन भन्छन्- सरकारको आश्रम जान्नौं, आफैं बनाउँछौं

सबिना श्रेष्ठ

काठमाडाैं

मिनबहादुर तामाङलाई मैले पहिलो पटक न्युरोड गेटमा भेटेकी थिएँ। दृष्टिबिहीन मिनबहादुर र उनको टोली त्यहाँ बसेर गीत गाउँछन् र संकलित रकमले गुजारा चलाउँछन्। मंगलबार त्यो बाटो हिँड्दै गर्दा उनी र उनको टोली नदेखेपछि म झस्किएँ। केही साताअघि मात्रै महानगरपालिकाले उनीहरूको माइक र स्पिकर खोसेर सडकमा नआउन चेतावनी दिएको थियो।

सडक छाड्न उनीहरूले एक साताको 'अल्टिमेटम' पाए, जुन गत बिहीबार नै सकिएको थियो.गत बिहीबार फोन सम्पर्क गर्दा मिनबहादुरले भनेका थिए, 'अहिलेसम्म सबै ठीक छ। केही भयो भने खबर गर्छु ल।'सधैंजसो गीत गाउँदै न्युरोड गेटमा बस्ने उनलाई नदेखेपछि मैले नै उनको नम्बर घुमाएँ। बौद्धमा दृष्टिबिहीनहरू भेला भएर आश्रम जान लागेकाले न्युरोड आउन नभ्याएको उनले बताए।

प्रकाशित मिति: : 2020-02-07 03:38:52

प्रतिकृया दिनुहोस्