‘सरकारी कार्यालय नै नछिरी म कसरी ११ बिघा जग्गाको मालिक भएँ?’

पथरी बजारमा धेरैले ओमप्रकाश पौडेललाई ‘ओम श्रमिक’ भनेर चिन्छन्। ‘ओम श्रमिक’ अटो रिक्सा लिएर पथरी-शनिश्चरेका चोकमा यात्रुको खोजीमा डुलिरहेको भेटिन्छन्। को१ह ९६४५ नम्बरको अटो नै पौडेलको अहिलेको पेशा हो। घर चलाउने माध्यम पनि। दुई छोरालाई पढाइरहेका छन्। घर जसोतसो चले पनि छोराको ‘फि’ तिर्ने पैसा जोहो गर्न उनी रिक्सा लिएर निस्किनैपर्छ।

२०४४ सालमा बाबु-आमा मोतीपुरबाट शनिश्चरे गाविसमा बसाइँ सरे। साबिक ९ नम्बर रहेको उनको घर स्थानीय तह गठन हुँदा पथरी-शनिश्चरे-३ भएको छ। सानो घर अँटेको जमिनबाहेक उनको देखाउने सम्पति अहिले अटो रिक्सा हो। कम्युनिस्ट राजनीतिको सानो ओहोदामा रहँदा उनले जीवन चलाउन धेरै श्रम गरे। राजनीतिसँगै श्रम गर्ने हुनाले उनले आफ्नो नामको पछाडि ‘श्रमिक’ राख्न थाले। 

प्रकाशित मिति: : 2020-02-06 06:32:36

प्रतिकृया दिनुहोस्