कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५०० पुग्यो

चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएको जनाइएको छ। 

विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गरेका थिए।

हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा  कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो। कोरोना भाइरसका कारण चीनमा करिब ५०० जनाको ज्यान गएको छ। 

प्रकाशित मिति: : 2020-02-06 05:04:05

प्रतिकृया दिनुहोस्