कार्यालय सहयोगीको भरमा विद्यालय

सिरहाको नवराजपुर गाउँपालिका ३ फूलबरीयामा रहेको एक आधारभूत विद्यालय वर्षौदेखि कार्यालय सहयोगीको भरमा सञ्चालनमा छ । 

नवराजपुर गाउँपालिकादेखि २ किलोमीटरको दुरीमा रहेको शिवशक्ति आधारभुत विद्यालय कार्यालय सहयोगीको भरमा चलिरहेको छ । यस विद्यालय कक्षा १ देखि ३ सम्म पठन पाठन हुँदै आएको छ । एक जना कार्यालय सहयोगीको भरमा विद्यालयमा ६५ जना विद्यार्थी छन् । ६५ जना विद्यार्थीको भर्ना भए पनि औसतमा १५–१६ जना विद्यार्थी मात्र विद्यालय आउने गरेका छन् । 

प्रकाशित मिति: : 2020-02-05 01:13:39

प्रतिकृया दिनुहोस्