सिकलसेल एनिमिया रोगीको चाप बढ्यो

नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ। सिकलसेल एनिमिया रोग थारु समुदायमा  प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहेको जनाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिकलसेल प्रमाणित भएका बिरामीलाई रु एक लाख बराबरको औषधि र जाँचसेवा प्रदान गर्ने गर्दछ।

पुस मसान्तसम्म ७६७ जनाले एक लाख बराबरको उपचार सेवा लिने गरी अस्पतालले सूचीकृत गरेको मेडिकल विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिए।

'सिकलसेल एनिमिया रोग वंशाणुगतरूपमा मात्र सर्छ', उनले भने, 'समयमै  जाँच गर्न सके यसबाट बच्न सकिन्छ।' एनिमिया रोग वंशाणुगत भए पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा नसक्ने प्रमुख डा पाण्डेले बताए। 

उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रोगका बारेमा मनोसामाजिक परामर्श र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता तथा स्टाफ नर्स आस्था केसीले जानकारी दिइन्। 'अस्पतालमा आउने सिकलसेलका बिरामीलाई रोगको बारेमा जानकारी दिन्छौं', उनले भनिन्।

प्रकाशित मिति: : 2020-02-05 00:52:17

प्रतिकृया दिनुहोस्