सामान्यतः माैसम सफा रहने

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको बताएको छ। बिहान ६ बजेको बुलेटिन निकाल्दै महाशाखाले कुराको दाबी गरेको हो।

हाल देशको पश्चिमी र पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान   

माघ २० गते (सोमबार)

रातीः पुर्वी तथा मध्य नेपालका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।
रातीः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको छ ।

माघ २२ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ।
रातीः देशका पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागका सामान्यतया सफा रहने छ। देशको पुर्वी पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

प्रकाशित मिति: : 2020-02-04 20:01:02

प्रतिकृया दिनुहोस्