चीनको वुहानमा नेपाली कोरोनाबाट सुरक्षित

चीनको वुहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको  छ।

चीनको विदेश मन्त्रालयले उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको चिनियाँ राजदूतावासले शनिबार एक सन्देश विज्ञप्तिमार्फत जानकारी गराएको छ।

जारी गरेको विज्ञप्तिअनुसार घातक कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ।

चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक गर्न परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्ने
उक्त विज्ञप्तिमा जनाएको छ। 

 

प्रकाशित मिति: : 2020-02-02 04:15:05

प्रतिकृया दिनुहोस्