अज्ञात समूहद्वारा अध्यक्ष जोशीमाथि कुटपिट, अवस्था गम्भीर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई शुक्रबार अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ।

आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा अध्यक्ष जोशीलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ।

मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराए।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा भेट्टिएको बताइएको छ।

अज्ञात समूहको कुटपिटबाट उनको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको प्रहरी सहायक निरीक्षक जोशीले जानकारी दिए।

जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ। अध्यक्ष जोशीलाई उपचारका लागि काठमाडौँ लगिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-02-02 02:10:42

प्रतिकृया दिनुहोस्