रौतहटमा ४ वर्षिय बालिकालाई बलात्कार गरेकाे आरोपमा ५४ वर्षीय बृद्ध पक्राउ

रौतहटमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। सदरमुकाम गौर नगरपालिका १ की ४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानका ५४ वर्षीय राम किशोर मिश्रा पक्राउ परेका हुन्। 

 बालिका बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालयमा पीडित परिवारले निवेदन दिएपछि उनलाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी नविन कार्कीले बताए।

डिएसपी कार्कीका अनुसार बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरिएको छ।  बालिकको स्वास्थ अहिले सामान्य रहेको उनले बताए।

यस्तो छ घटना

भारत विहार सितामढी जिल्ला, वैरगनिया सेखौना बस्ने पीडितको आमा जिल्ला अस्पताल गौरमा परिवार नियोजनको शल्यक्रिया गराउन आएकी थिइन्। तत्काल भारत फर्ककन नसक्ने भएपछि बालिका र उनको आमा ठूली आमाको घटना बसेकी थिइन्।

बिहीबार राति ८ बजेको घरमा कोही नभएको समयमा बालिका बलात्कार परेको आफन्तको अनुमान छ। बालिकालाई उक्त समयमा मिश्राले बाेलाएर घरबाट ५० मिटर पर रहेको बारीमा बलात्कार गरेको आफन्तले बयानको क्रममा प्रहरीलाई बताएका छन्।

बयानमा मिश्राले बालिकालाई चकलेट खानका लागि १० रुपैयाँ दिएर बारीमा लगेको उल्लेख गरिएको छ।

बयानका अनुसार रगताम्य भएर घर पुगेकी बालिका पिसाव गर्न खोज्दा निकै पोलेर चिच्याएरपछि घटनाको रहस्य खुलेको थियो। पिसाव गर्न खोज्दा चिच्याएरपछि बालिका बलात्कारमा परेको घटना खुलेकाे आफन्तले बयान दिएका छन्।

प्रहरीका अनुसार बालिकाको ठूली आमाले मिश्राले बालिकामाथि बलात्कार गरेकाे आरोप लगाएकी छन्। 

बलात्कार गरेको स्थानबाट १० रुपैयाँसहितका अन्य प्रमाणहरु फेला परेकाे प्रहरीकाे भनाइ छ। घटनाको अनुसन्धान भइरहेको  छ ।

प्रकाशित मिति: : 2020-02-01 23:53:01

प्रतिकृया दिनुहोस्